कांग्रेसका प्रदेशसभा क्षेत्रका सभापतिको निधन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेसका सप्तरी जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर  २ का सभापति श्यामकुमार यादवको निधन भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार विज्ञप्ति निकालेर यादवको असार १७ गते राति ११ः३० बजे ६० वर्षको उमेरमा निधन भएको जानकारी दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले यादवको निधनप्रति दुःख व्यक्त गरेका छन् । देउवाले यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका कांग्रेस। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।