श्रीलंकाविरुद्ध नेपालले लियो २ गोलको अग्रता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

एसियन कप क्वालिफायर महिला फुटबलमा श्रीलंकाविरुद्ध नेपालले दुई गोलको अग्रता लिएको छ ।

उज्वेकिस्तानमा २५ मिनेटको खेल सकिँदा नेपालले श्रीलंकाविरुद्ध दुई गोल गरेको छ । नेपालका लागि कप्तान सावित्रा भण्डारी र गीता रानाले एक एक गोल गरे । गीताले ७औं र सावित्राले २०औं मिनेटमा गोल गरेकी हुन् ।

छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९-० गोल अन्तरले पराजित गरेको थियो ।