‘प्रमाणित भए कुनैपनि सजाय भोग्न तयार छु’

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामति कानून बनाउने क्रममा आफूमाथि आक्रमण भएको बताउनुभएको छ । बुधबारको समितिको बैठकमा बोल्दै सभापति खतिवडाले विधेयक बनाउने क्रममा सांसदहरुले भनाइ खानुपरेको र बेइज्जती सहनुपरेको बताउनुभयो । उहाँले जस्ताको त्यस्तै छ भनेर विश्वास गर्दा बीचमा तुहाउने काम भएको बताउनुभयो । उहाँले यो गम्भीर प्रकृतिको अपराध भएको र […]
त्रिविको ताला तत्काल खोल्न सर्वोच्चको आदेश

त्रिभुवन विश्वविद्यालयमा ३४ दिनदेखि लागेको तालाबन्दी खुलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको इजलासले आदेश दिएको हो । सर्वोच्चले बुधबार गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा तालाबन्दी नगर्नु÷नगराउनु, ताला लगाएको भए खोल्नु / खोलाउनु भनेर अन्तरिम आदेश जारी गरेको त्रिविका कानुनी सल्लाहकार नारायण खनालले बताए। […]
श्रीलंकाविरुद्ध नेपालले लियो २ गोलको अग्रता

एसियन कप क्वालिफायर महिला फुटबलमा श्रीलंकाविरुद्ध नेपालले दुई गोलको अग्रता लिएको छ । उज्वेकिस्तानमा २५ मिनेटको खेल सकिँदा नेपालले श्रीलंकाविरुद्ध दुई गोल गरेको छ । नेपालका लागि कप्तान सावित्रा भण्डारी र गीता रानाले एक एक गोल गरे । गीताले ७औं र सावित्राले २०औं मिनेटमा गोल गरेकी हुन् । छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९-० […]
विनयी खोला पुलमा कालोपत्रे सम्पन्न, बिहीबारबाट गाडी चल्ने

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्किबासस्थित बुटवल–नारायणगढ खण्डको विनयी खोलामा पुल निर्माणको काम सम्पन्न भएको छ । पुल कालोपत्रे गरिएसँगै बिहीबारबाट यातायात सूचारु गर्न लागिएको नारायणगढ–बुटवल सडक आयोजनाले जानकारी दिएको छ । यहाँ पाँच दशक पुरानो पुल भत्किएपछि यहाँ डाइभर्सन बनाएर यातायात चलाइएको थियो । डाइभर्सन समेत खोलामा पानीको वहाव बढ्दा बगाइरहने समस्याले यहाँ हरेक दिन जसो […]
दलाई लामाले आफ्नो उत्तराधिकारीबारे के भने ?

तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले बुधबार एक भिडियो सन्देशमार्फत आफ्नो मृत्युपछि पनि धर्मगुरु चयन गर्ने परम्परा निरन्तर रहने स्पष्ट पारेका छन्। लामाले आफ्नो उत्तराधिकारी बारे यसअघि यसरी स्पष्ट रूपमा धारणा राखेका थिएनन् । तिब्बती बौद्ध धर्मका आध्यात्मिक नेताले उत्तराधिकारी चयनको विषयमा उनले यसपटक स्पष्ट धारणा राखेका छन् । उनले आफ्नो पुनर्जन्म पहिचान र खोज गर्ने […]
कुलो थुनिएपछि खसेको पहिरोले घर पुरियो, चार जना घाइते

सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन्। स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिए। घर माथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो। कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर […]
स्वास्थ्यमा सुधार आएपछि कमेडियन मेक्सम गौडेलले भने– छिट्टै काममा फर्किँदैछु

युवा पुस्तामाझ चर्चित कमेडियन मेक्सम गौडेल स्वास्थ्य उपचारपछि कलाकारितामा फर्किने भएका छन्। अहिले स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको र छिट्टै कलाकारितामा फर्किने उनले सामाजिक सञ्जाल पोस्टमार्फत जानकारी दिएका छन्। ‘केही महिना अगाडी स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि उपचारसंगै अहिले स्वास्थ्यवस्था क्रमिक रूपमा सुधार हुँदै आएको छ’, उनले लेखेका छन्। मेक्सम प्याङ्क्रियाजमा घाउ भएपछि एक महिनाअघि उपचारका […]
बाँदरको समस्याको विकल्पमा कागुनोखेती

पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै कागुनोखेतीतर्फ आकर्षित बनेका छन् । बाँदरले बर्सेनि बालीनाली खाइदिने तथा नष्ट गरिदिने भएपछि २०७५ सालदेखि कागुनोखेती गर्न लागेका यहाँका स्थानीय अहिले भने सामूहिक रुपमा नै यस खेतीतर्फ आकर्षित बनेका हुन् । अन्य खेतीका तुलनामा कागुनोखेती बाँदरले कम खाने भएका कारण आफूहरू यसतर्फ लागेको काफलघारी सामुदायिक विकास […]
संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन

संविधानसभा सदस्य एवं नेपाली कांग्रेस बाराका पूर्वसचिव रामअयोध्या यादवको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित यादवको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको हो । बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए । उनका दुई छोरा, दुई […]
जनकपुरमा ज्वाइँले गरे ससुराको हत्या

जनकपुरमा ज्वाइँले ससुरालाई चक्कु प्रहार गरी हत्या गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका-१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको हत्या भएको हो । विमललाई उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी […]