स्वास्थ्यमा सुधार आएपछि कमेडियन मेक्सम गौडेलले भने– छिट्टै काममा फर्किँदैछु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

युवा पुस्तामाझ चर्चित कमेडियन मेक्सम गौडेल स्वास्थ्य उपचारपछि कलाकारितामा फर्किने भएका छन्।

अहिले स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको र छिट्टै कलाकारितामा फर्किने उनले सामाजिक सञ्जाल पोस्टमार्फत जानकारी दिएका छन्।

‘केही महिना अगाडी स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि उपचारसंगै अहिले स्वास्थ्यवस्था क्रमिक रूपमा सुधार हुँदै आएको छ’, उनले लेखेका छन्।

मेक्सम प्याङ्क्रियाजमा घाउ भएपछि एक महिनाअघि उपचारका लागि दिल्लीको मेदान्त अस्पताल भर्ना भएका थिए।

उनले लेखेका छन्, ‘आवश्वक उपचार र केही समयको आरामपछि म हजुरहरूले नै मन पराउनुभएको, माया दिनुभएको काममा पनि छिट्टै फर्किँदैछु।’

‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका मेक्सम पछिल्लो समय ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा देखिँदै आएका थिए। बिरामी परेपछि उनी अचानक शोमा देखिन छाडेका थिए।

मेक्सम ‘छक्कापञ्जा ५’, ‘फेरि रेशम फिलिली’ लगायतका फिल्ममा समेत अभिनय गरेका छन्।