कुलो थुनिएपछि खसेको पहिरोले घर पुरियो, चार जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन्।

स्थानीय  हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिए।

घर माथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो।

कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।