पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्किबासस्थित बुटवल–नारायणगढ खण्डको विनयी खोलामा पुल निर्माणको काम सम्पन्न भएको छ ।
पुल कालोपत्रे गरिएसँगै बिहीबारबाट यातायात सूचारु गर्न लागिएको नारायणगढ–बुटवल सडक आयोजनाले जानकारी दिएको छ ।
यहाँ पाँच दशक पुरानो पुल भत्किएपछि यहाँ डाइभर्सन बनाएर यातायात चलाइएको थियो ।
डाइभर्सन समेत खोलामा पानीको वहाव बढ्दा बगाइरहने समस्याले यहाँ हरेक दिन जसो यातायात सञ्चालनमा सास्ती भएको थियो ।