पोखरामा राष्ट्रिय धान दिवस तथा लेखनाथ रोपाई महोत्सव २०८२ सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,  – पोखरा महानगरपालिका वडा नं. ३०, मैदी ताल परिसरमा राष्ट्रिय धान दिवस तथा लेखनाथ रोपाई महोत्सव २०८२ भव्यताका साथ सम्पन्न भएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो जोतेर यस महोत्सवको उद्घाटन गर्नुभएको थियो।

वडा कृषि सञ्जाल पोखरा ३० र वडा कार्यालयको संयुक्त आयोजना तथा वडामा क्रियाशील विभिन्न संघसंस्थाहरूको सहआयोजनामा भएको यस महोत्सवमा उत्कृष्ट कृषकहरूलाई सम्मान गरिनुका साथै विभिन्न रोचक प्रतियोगिताहरू पनि सम्पन्न गरिएका थिए।

महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले पोखरा महानगरपालिका कृषि उत्पादनका लागि निकै महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले महानगरका विभिन्न क्षेत्रलाई उत्पादनमूलक कार्यक्रममा केन्द्रित गरिएको जानकारी दिँदै ‘एक वडा एक उत्पादन’ र ‘एक वडा एक विशेष कार्यक्रम’ का साथ वर्षभरि महानगरपालिकालाई उत्पादन र उत्सवमय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी, आजै पोखरा महानगरपालिकाको वडा नं. १५, १७, २५, २६ लगायतका अन्य स्थानहरूमा पनि रोपाई मेला सम्पन्न भएका छन्।