पोखरामा राष्ट्रिय धान दिवस तथा लेखनाथ रोपाई महोत्सव २०८२ सम्पन्न

पोखरा,  – पोखरा महानगरपालिका वडा नं. ३०, मैदी ताल परिसरमा राष्ट्रिय धान दिवस तथा लेखनाथ रोपाई महोत्सव २०८२ भव्यताका साथ सम्पन्न भएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो जोतेर यस महोत्सवको उद्घाटन गर्नुभएको थियो। वडा कृषि सञ्जाल पोखरा ३० र वडा कार्यालयको संयुक्त आयोजना तथा वडामा क्रियाशील विभिन्न संघसंस्थाहरूको सहआयोजनामा भएको यस महोत्सवमा उत्कृष्ट […]

जनमत पार्टीको बैठकमा मधेश सरकारबाट बाहिरिने प्रस्ताव

मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ । पार्टी सचिव बीपी साहले प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव पेस गरेका हुन् । पार्टीको नीति र जनताको भावना बमोजिम काम गर्न नसकेकाले सरकार छोड्नुपर्ने प्रस्ताव लगेको उनले बताए । ‘अध्यक्षज्यूले यो प्रस्तावलाई कार्यकारिणीमा छलफल हुन्छ भन्नुभएको छ,’ साहले भने ।

भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा हाजिर

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । पूर्वमन्त्री बस्नेतले विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ । बयान सकिएपछि आजै थुनछेक बहस हुने तयारी छ । बस्नेत सञ्चार […]

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक

। नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ  । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक सुरु भएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् । बैठकले सोमबार दिउँसो एक बजे बोलाएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ ।

कर्णालीको समृद्धि कृषिबाटै सम्भव छ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशको आर्थिक भविष्य कृषिमा टिकेको भन्दै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत खेती प्रणालीलाई त्यागेर आधुनिक र व्यावसायिक कृषिमा फड्को मार्न आह्वान गरेका छन्। ‎उनले कृषि अब गुजारा चलाउने माध्यम मात्र नभई, आम्दानी र रोजगारीको स्थायी स्रोत बन्नुपर्नेमा जोड दिएका छन्। आइतबार अखिल नेपाल महिला सङ्घद्वारा सुर्खेतमा आयोजित राष्ट्रिय धान दिवसमा किसानहरूसँगै रोपाइँमा सहभागी हुँदै […]

हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान सक्दैनः कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् । आइतबार २२औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिलोबाट तर्किएर देश नबन्ने बताएका हुन् । ‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिंड्छौँ,’ उनले भने, ‘सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ […]

बार र बेन्चलाई व्यवस्थित बनाउन पहल गर्छु : प्रस्तावित न्यायाधीश पौडेल

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रीकान्त पौडेलले फरक मुद्दा व्यवस्थापन कार्यमा आफ्नो अधिकतम प्रयास रहने बताएका छन् । संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा बोल्दै उनले न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रूपमा पद्धतिमा आवश्यक परिमार्जन गर्नुपर्नेमा जोड दिए । इजलासको बहस समय व्यवस्थापन आफ्नो प्राथमिकतामा रहने बताए । बार र बेन्चलाई […]

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, बाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भई रहेको छ । आज दिउँसो देशभर […]

पार्टी अध्यक्षमाथिको मुद्दाबारे मेटमणि चौधरी भन्छन्– राजीनामा हैन डटेर मुकाबिला गर्ने हो

नेकपा एसका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा चलाएको भन्दै यसविरुद्ध डटेर मुकाबिला गर्नुपर्ने बताएका छन्। नेकपा एसनिकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले अख्तियार आफैँले तामेलीमा राखिसकेको पतञ्जलीको विषयलाई प्रतिशोधकै कारण ब्युँत्याउने काम भएको उनको टिप्पणी छ। उनले विपक्षीहरूले पार्टी अध्यक्षमाथि प्रहार […]

असार १५: धान दिवस र दही चिउराको सांस्कृतिक पर्व

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । […]