बार र बेन्चलाई व्यवस्थित बनाउन पहल गर्छु : प्रस्तावित न्यायाधीश पौडेल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रीकान्त पौडेलले फरक मुद्दा व्यवस्थापन कार्यमा आफ्नो अधिकतम प्रयास रहने बताएका छन् ।

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा बोल्दै उनले न्यायिक प्रक्रिया पारदर्शी, पूर्वानुमानयोग्य तथा छिटो छरितो बनाउन वैज्ञानिक मुद्दा व्यवस्थापनको रूपमा पद्धतिमा आवश्यक परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

इजलासको बहस समय व्यवस्थापन आफ्नो प्राथमिकतामा रहने बताए । बार र बेन्चलाई व्यवस्थित बनाएर जाने बताए । उनले अनलाइन मुद्दा दर्ता, न्यायालयमा सूचना प्रविधिको विकासमा पनि आफ्नो जोड रहेको बताए । न्यायिक सुशासन कायम गर्न आफ्नो सक्रिय सहभागिता रहने बताए ।