माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा मदरल्याण्ड माध्यमिक विद्यालयबाट एकैचोटि ११ जना विद्यार्थीले ४।० जिपिए ल्याउन सफल भएका छन् । गत वर्ष पनि १० जना विद्यार्थीको सर्वोत्कृष्ट ४।० जिपिए आएको थियो ।
यस विद्यालयबाट १ सय ६६ जनाले एसइई दिएका थिए । तीमध्ये ३।६ देखि ४।० जिपिएसम्म आउने १ सय ३६ जना छन् । यसैगरी, ३।२ देखि ३।६ जिपिएसम्म आउने २८ जना छन् भने १ जना विद्यार्थीको ३।०५ जिपिए आएको विद्यालयलएले जनाएको छ ।
४ जिपिए आउने ११ विद्यार्थीहरुमा अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बञ्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षी भण्डारी, सभ्य मल्ल र शास्वत रेग्मी हुन् । ३।९६ जिपिए ल्याउने मात्रै १८ जना छन् ।राष्ट्रिय परीक्षा बोर्डले गत चैत महिनामा लिएको परीक्षाको शुक्रबार नतिजा सार्वजनिक गरेको हो ।