एसइईको नतिजा सार्वजनिक गर्न बोर्डको बैठक जारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

२०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले जारी रहेको छ ।

भक्तपुरस्थित बोर्डको कार्यालयमा केही बेरअघिदेखि बैठक चलिरहेको हो । बैठक सकिएपछि नै नतिजा सार्वजनिक हुने बताइएको छ ।

२०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।