राज्य व्यवस्था समिति बैठकमा प्रचण्ड उपस्थित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका छन् ।

समितिको बैठकमा ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखक लगायत रहेका छन् ।

नेपाल प्रहरी विधेयक गृहमन्त्री लेखकले १३ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

प्रतिनिधिसभाले यो विधेयकमाथि सामान्य छलफल गरेर राज्य व्यवस्था समितिमा पठाएको छ । राज्य व्यवस्था समितिले दफावार छलफल गरेर विधेयक अगाडि बढाउनेछ ।