लेबनान पुनर्निर्माणका लागि विश्व बैंकद्वारा २५ करोड डलरको सहायता

विश्व बैंकले गत वर्ष इजरायल र इरान समर्थित हिजबुल्लाहबिचको विनाशकारी युद्धपछि लेबनानको पुनर्निर्माण र पुनर्प्राप्तिमा सहयोग गर्न २५ करोड डलरको परियोजनालाई स्वीकृति दिएको छ। बैंकले यसअघि पुनर्निर्माण र पुनर्प्राप्तिको लागत करिब ११ अर्ब डलर हुने अनुमान गरेको थियो। ‘विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले हिजो लेबनानलाई क्षतिग्रस्त महत्त्वपूर्ण सार्वजनिक पूर्वाधार र लाइफलाइन सेवाहरूको सबैभन्दा जरुरी मर्मत […]
सरकारको एक वर्ष सफल र उपलब्धिमुलक : एमाले

नेकपा (एमाले)ले सरकारको एक वर्षे कार्यकाल सफल र उपलब्धीमूलक भएको निष्कर्ष निकालेको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको नीतिगत निर्णय र कार्यान्वयन सन्तोषजनक रहेको पार्टीले निष्कर्ष निकालेको जानकारी दिनुभयो । सत्तारुढ दलहरु कांग्रेस–एमालेबीचको सम्बन्ध समेत थप मजबुत बन्दै गएको निष्कर्ष पार्टीले निकालेको उहाँले जानकारी […]
भन्सार विधेयक छिटो पारित गर्न शनिबार पनि बैठक बस्ने, १३३ वटा दफामा संशोधन प्रस्ताव दर्ता

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘भन्सार विधेयक’ माथिको छलफललाई तिव्रता दिएको छ । बुधबार बसेको समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिबाट पास भई प्रतिनिधिसभाले समेत पारित गरी उक्त विकेयक पठाएको थियो । समयको चापलाई मध्यनजर गर्दै समितिले शनिबार पनि बैठक बसेर दफावार छलफललाई टुङ्ग्याउने कार्ययोजना बनाएको […]
विदेशी सम्बन्धनका कलेजमाथि छानबिन गर्न नेविसंघको माग

नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले विदेशी सम्बन्धनका नाममा नेपालमा ‘शैक्षिक माफियातन्त्र’ मौलाएको र त्यसलाई सरकारीस्तरबाटै संरक्षण भइरहेको गम्भीर आरोप लगाएको छ । सङ्घले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै विदेशी नामधारी, स्तरहीन र शङ्कास्पद संस्थाहरूलाई नियमन र अनुगमनबिना शैक्षिक बजार सुम्पिएको भन्दै मन्त्रालयको मौनताप्रति कडा आपत्ति जनाएको हो । सङ्घका शैक्षिक सुधारका […]

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक ३ बजेका लागि सारिएको थियो । बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा पुगेका प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी […]
पोखरा र रुकुमपूर्वको सम्बन्धमा नयाँ अध्याय : सभामुख घर्ति भन्छन्, ‘अर्गानिक ब्रान्डमा जोडिँदै दुई क्षेत्र’

ईम्वोईडरी एण्ड गार्मन्ट एशोसिएशन (एगा) पोखराको स्वदेशी कच्चा पदार्थ तथा सिप बिकास तालिम तथा अबलोकन भ्रमणको क्रममा रुकुम पुर्बको पर्यटन बिकास र पोखरा संगको संबन्ध बिस्तार संबन्धी अन्र्तकृया सम्पन्न भएको छ । रुकुमपुर्बमा रहेको मारिङ् बहुउद्धेश्यीय सहकारीको आयोजना तथा एगा पोखराको सहकार्यमा भएको अन्र्तकृयामा नेपाली कच्चा पदार्थ उत्पादन र सोही अनुसारको उद्योगको दिगोपनाका बारेमा अन्र्तकृया […]
सांसद राईको व्यङ्ग्य- जसले दौरा सुरुवाल लगायो, उसैसँग पीएसओ

। सत्तारुढ दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पर्सनल सेक्युरिटी अफिसर (पीएसओ)को व्यवस्थाबारे आपत्ति जनाएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रहरी चौकी खाली हुने र नेताहरू पीएसओ बोकेर हिँड्ने प्रवृत्ति बढेकोप्रति आपत्ति जनाए । ‘गृहमन्त्रीज्यूलाई मेरो एउटा निवेदन गर्नपर्यो […]
३९ स्थानीय तहले १० असारमा ल्याउन सकेनन् बजेट

१० असार भित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान उल्लंघन गर्ने स्थानीय तहको संख्या ३९ रहेको छ । जसमा १५ गाउँपालिका र २४ नगरपालिका रहेका छन् । यो सूचीमा काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिका समेत रहेको छ । नेपाल नगरपालिका संघका अनुसार देशभर रहेका २९३ नगरपालिकामध्ये २६९ नगरपालिकामा १० असार भित्रै बजेट सार्वजनिक […]
ललितपुरले ल्यायो ७ अर्ब ४७ करोड बराबरको बजेट

ललितपुरको ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ७ अर्ब ४७ करोड बराबरको बजेट ल्याएको छ । मंगलबार महानगरपालिकाको सातौँ नगर सभामार्फत आगामी आर्थिक वर्षको लागि ७ अर्ब ४७ करोड बराबरको बजेट ल्याइएको हो । महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त बजेट वक्तव्य वाचन गर्नुभएको थियो । महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि प्रशासनिक खर्चतर्फ […]

चीनको दक्षिणपश्चिममा आएको बाढीले ८० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ । भत्किएको पुलका कारण एक ट्रक चालकलाई पुलको छेउमा झुण्डिएको अवस्थामा नाटकीय रूपमा उद्धार गर्नुपरेको छ । चीनले चरम मौसमको गर्मीको सामना गरिरहेको छ । मुलुकमा गर्मीको लहरले देशको फराकिलो भागलाई तताइरहेको छ भने आँधीसहितको वर्षाले अन्य क्षेत्रलाई बगाएको छ […]