वेल्सको एरिरी राष्ट्रिय निकुञ्जमा पदयात्रा गर्दै हराएका दुई व्यक्तिको शव १२ वर्षको अन्तरालपछि एउटै गहिरो भँगालोमा फेला परेको घटनाले पहाडको रहस्य र जोखिमपूर्ण सौन्दर्यलाई एकपटक फेरि उजागर गरेको छ।
३३ वर्षीय डाक्टर शेन कोलाको सन् २०१२ मा हराएका थिए । १२ वर्षसम्म कुनै पत्तो नलागेपछि २०२४ मे महिनामा एक महत्वपूर्ण सुराकीको आधारमा उनी डेभिड ब्रुकफिल्ड नामका अर्का हराएका ट्रेकरको शव नजिकै फेला परे।
६५ वर्षीय ब्रुकफिल्ड स्केल्मर्सडेल, ल्यान्काशायरका बासिन्दा थिए र २०२४ जनवरी ९ मा एक्लै यात्रा गरिरहेका बेला हराएका थिए।
ब्रुकफिल्डले अन्तिम पटक कर्नेड ल्लूएलिन शिखरबाट पत्नीलाई सन्देश पठाएका थिए। त्यसपछि सम्पर्कविहीन भएका उनले राम्रो मौसममा १५ किमिको यात्रा गर्ने योजना बनाएका थिए। तर मौसम बिग्रँदै गएपछि उनी पेन यर ओले वेनबाट तल झर्दै गर्दा एउटा भँगालोमा लडेका थिए भन्ने अनुमान गरिएको छ।