झन्डै डेढ करोडको सुनसहित पोखराबाट दुई जना पक्राउ

भारतबाट सुनका गरहगना अवैध रुपमा ल्याएर नेपाली बजारमा बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा बजारका विभिन्न सुनचाँदी पसलमा गरगहना बिक्री गर्न पुग्दा नबिकेपछि बुटवलमा बेच्ने योजनासहित जाँदै गर्दा कास्की प्रहरीले पोखरा–२२ पुम्दीबाट २ जनालाई पक्राउ गरेको हो । भारतबाटै तयार पारिएका गहना अवैध रुपमा नेपाल भित्र्याउने र पोखरा, बुटवलजस्ता सहरमा बिक्री […]

ब्रिटिश गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्छ : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने बताउनुभयो । नागरिकलाई सेनामा भर्ती हुन पठाउने र आवासीय अधिकार दिँदैमा […]

विदेशको नागरिकता लिइरहेकाहरुलाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन नसकिने बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पार्नुभयो […]

धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट १२ जना जुवाडेलाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले न्यु लामिछाने कन्ट्रक्सन कम्पनीको भित्रि कोठामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा छापा हानेको थियो । प्रहरीको टोलीले छापा हानेर एक लाख ३१ हजार एक सय ८० नगद र चार गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ […]

राज्यले थारुलाई नेपाली नमानेको रेशम चौधरीको गुनासो

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राज्यले थारुलाई नेपाली नमानेको बताएका छन् । उनले थारुहरूले आफू पनि नेपाली हो भन्दा समेत राज्य मान्न तयार नरहेको गुनासो गरे । उनले भने– ‘मलाई डिल्लीबजार सदरखानामा थुनेको होइन, थारुको पहिचानलाई थुनेको हो, एक पटक होइन, थारुको पहिचान मेटाउने गरी पटक पटक थुनेको हो त्यसैले अब आफ्नो पहिचानका लागि […]

पाकिस्तान ‘पूर्व प्रेमिकाजस्तै हो’ : अदनान सामी

गायक अदनान सामीले पाकिस्तानलाई आफ्नो ‘पूर्व प्रेमिका’ सँग तुलना गरेका छन्।  बलिउड बबललाई दिइएको एक अन्तर्वार्तामा सामीलाई उनको सङ्गीतको सट्टा उनको नागरिकताको बारेमा किन बहस हुन्छ भनेर सोधिएको थियो । जवाफमा उनले भने, ‘यो एक पुरानो प्रेमिका जस्तै हो। जब एक पुरानो प्रेमिका तपाईँलाई अगाडि बढिरहेको वा अरू कसैसँग संलग्न भएको देख्छ, उसले सधैँ तपाईँलाई […]

एरिरी पर्वतको शोकपूर्ण संयोग : हराएका दुई यात्रुको शव एउटै भँगालोमा

वेल्सको एरिरी राष्ट्रिय निकुञ्जमा पदयात्रा गर्दै हराएका दुई व्यक्तिको शव १२ वर्षको अन्तरालपछि एउटै गहिरो भँगालोमा फेला परेको घटनाले पहाडको रहस्य र जोखिमपूर्ण सौन्दर्यलाई एकपटक फेरि उजागर गरेको छ। ३३ वर्षीय डाक्टर शेन कोलाको सन् २०१२ मा हराएका थिए । १२ वर्षसम्म कुनै पत्तो नलागेपछि २०२४ मे महिनामा एक महत्वपूर्ण सुराकीको आधारमा उनी डेभिड ब्रुकफिल्ड […]

कोशी सम्पर्क कमिटीका नेतालाई एक वर्षे राजनीतिक प्रशिक्षण

नेकपा एमाले कोशी काठमाडौँ सम्पर्क मञ्चले नेता कार्यकर्तालाई पार्टी,सरकार र समाजका विषयमा आधारभूत ज्ञान दिने उद्देश्यले प्रशिक्षण दिएको छ । प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्यहरूलाई अलग अलग विषयहरूमा नियमित प्रशिक्षण सञ्चालन भइरहेको सम्पर्क कमिटीका अध्यक्ष नवराज घिमिरेले जानकारी दिएका हुन् । घिमिरेका अनुसार प्रदेश तहका नेता कार्यकर्तालाई १६ वटा विषय र जिल्ला तहका कार्यकर्तालाई […]

चितवन दुर्घटना अपडेट : मृतक ७, घाइते २४ (सूचीसहित)

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा भएको दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुलेको छ । शनिबार दिउँसो सो स्थानमा बस र इभी माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु छ । त्यस्तै, घाइतेको संख्या २४ जना पुगेको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । […]

यो बजेट १६ औँ योजनाको उद्देश्य र सोचसँग मेल खाँदैन : सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आर्थिक वर्ष २०८२/०८३ को बजेट १६ औँ योजनाको उद्देश्य र सोचसँग तालमेल नमिलेको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद सापकोटाले १६ औँ योजनाको उद्देश्यमा समेटिएका सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्नेतर्फ स्पष्ट मार्गचित्र नभएको दाबी गरे । उनले बजेटमा र यस […]