अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलर, यस्तो छ सटहीदर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ।

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर केहि घटेर एकको खरिददर १३८ रूपैयाँ २४ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८४ पैसा कायम भएको छ

शुक्रबार यसको भाउ  एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ।

त्यस्तै युरोपियन युरो आज एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा  तोकिएको छ। युरो हिजोको भन्दा केहि बढेको हो। शुक्रबार युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम भएको थियो।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ६४ पैसा र बिक्रीदर ९० रूपैयाँ ०३ पैसा तोकिएको छ।  शुक्रबार यसको भाउ एकको खरिददर ८९ रुपैयाँ ६०  पैसा र बिक्रीदर ८९ रुपैयाँ ९९ पैसा थियो।

आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८० पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ८६ पैसा र बिक्रीदर १०१ रूपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १०८ रूपैयाँ ०५ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५० पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २५ पैसा र बिक्रीदर १९ रूपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रूपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०९ कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ २२ पैसा र बिक्रीदर चार रूपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रूपैयाँ ६५ पैसामा विनिमय हुनेछ।

साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ १० पैसा र बिक्रीदर १० रूपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४ रूपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ३४ पैसा र बिक्रीदर २१ रूपैयाँ ४३ पैसा तोकिएको छ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रूपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६४ रूपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३६० रूपैयाँ ६० पैसा रहेको छ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।