एक करोड २९ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ घर भएका ६१ वर्षीय श्यामकुमार कार्की छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलंकी खसीबजारबाट पक्राउ गरेको हो ।पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
त्यसैरी एक लाख ५ हजार बराबरको बैंकिङ कसुर मुद्दामा नुवाकोट घर भएकी ३४ वर्षीया अस्मिता तामाङ पनि पक्राउ परेकी छिन् । उनलाई भने थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।