चीनले गर्‍यो इसराइलमा रहेका आफ्ना नागरिकलाई देश छोड्न आग्रह

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चीनले आफ्ना नागरिकलाई तत्काल इसराइल छाडन आग्रह गरेको छ।

इसराइल र इरानबीचको तनाव उत्कर्षमा पुगेपछि चिनियाँ दूतावासले इसराइलमा रहेका नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको हो।

शुक्रबार इसराइलले इरानमाथि हमला गरेपछि आफ्नो देशको हवाई क्षेत्र बन्द गरेको थियो।

त्यसो हुँदा त्यहाँ रहेका तेस्रो मुलुकका मानिसहरू पनि अड्किएका छन्।

चिनियाँ दूतावासले आफ्ना नागरिकलाई स्थलमार्ग हुँदै जतिसक्दो चाँडो इसराइल छोड्न आग्रह गरेको छ।त्यसैले चिनियाँ दूतावासले जोर्डनको बाटो प्रयोग गरेर फर्किन आफ्ना नागरिकलाई भनेको बीबीसीले जनाएको छ ।