मन्त्रिपरिषद्ले गणेश बहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।सोमबार साँझ बसेको बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एकजना मन्त्रीले रातोपाटीलाई बताए ।
जेठ १५ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी नेतृत्वको बढुवा समितिले उनलाई डीआईजीबाट एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो ।