स्याङ्जाको पुतलीबजार नगरपालिका वडा न ५ मा ऐतिहासिक महत्वको पौवा बनेको छ । पुतलीबजार ५ ले आफ्नो वडाको नामसँग जोडिएको ऐतिहासिक महत्वको पौवा निर्माण गरेको हो । वडाको नामसँग जोडिएको ऐतिहासिक महत्वको पौवा र ढुंगेधारा निर्माण गर्ने योजना अनुसार संघिय सरकारको २४ लाखको लागतमा सो पौवा निर्माण गरिएको वडा अध्यक्ष अर्जुन कुमार कार्कीले जानकारी दिए । उनका अनुसार ८ आना जग्गामा सो पौवा निर्माणसंगै त्यहा शौचालय र ढुंगेधारा निर्माणको कार्य बाकी रहेको छ । पौवा भक्तपुरे शैलिमा कलात्मक ढंगबाट बनाइएको छ । पौवाको समग्र अनुगमन र रेखदेख पुतलीबजार नगरपालिकाले गरेको समेत कार्कीले बताए ।
१८ औ शताब्दीमा सो पौवामा भएको गौडाका कारण त्यस ठाउको नाम नै पौवैगौडे रहेको किम्वदन्ती रहेको छ । तत्कालीन समयमा होटेलहरु नहुने भएको हुदा पनि त्यस पौवाको विशेष महत्व रहेको अध्यक्ष कार्कीले बताए । त्यस बाटो भएर हिड्दा त्यहाँ कैदिबन्दी राखिने, मोहोर बोकेर लादा राख्ने, नगद भित्र राखेर बाहिर बस्ने जस्ता सहजता र सुविधा तत्कालीन समयमा पौवाले दिएको अध्यक्ष कार्कीको भनाइ छ ।
त्यस पौवामा अन्डरग्राउन्ड समेत रहेको र ढुंगे पधेरो र गुठिको जग्गा समेत रहेको अध्यक्ष कार्कीले जानकारी दिए । यस्ता पौराणिक र एतिहासिक महत्व बोकेका धरोहरहरुको सरक्षण र सम्बर्द्धनमा चुनौती थपिदै गएको छ । त्यस्तै नयाँ पुस्तामा यस्ता एतिहासिक तथा पौराणिक महत्व बोकेका धरोहरहरुका बारेमा महत्व र उपादयता बुझाउने कर्तव्य हामी सबैको रहेको समेत अध्यक्ष कार्कीले बताए । पार्टी, पौवाहरु भुकम्प लगायतका प्राकृतिक प्रकोपहरुले भत्काएका कारण पनि नयाँ पुस्तामा यी सम्पदाहरुको बारेमा जानकारी दिन र प्रवर्द्धन गर्न आवश्यक रहेको कार्कीको धारणा छ ।