हमदवादमा भएको विमान दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भारतको अहमदवादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्य सहित २४१ यात्रुको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ ।

यो घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै स्तब्ध र मर्माहत बनाएको सो पार्टीले विज्ञप्तिमार्फत जनाएको छ ।

घटनामा परी निधन भएका सबै प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चीर शान्तिको कामना र शोकाकुल परिवारजनप्रति पार्टीले  समवेदना प्रकट गरेको छ ।