वडाध्यक्ष बरालको सिफारिसमा श्रीराम आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

पोखरा, पहार ट्रस्ट नेपालले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका–८, स्थित श्रीराम आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता ट्रस्टका अध्यक्ष बिजुलीबहादुर गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. ८ का वडाध्यक्ष श्री रुद्रनाथ बरालको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा संस्थापक अध्यक्ष चन्द्रबहादुर गुरुङ, वडा सदस्य […]

उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस

न्याय परिषद्ले चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि  सिफारिस गरेको छ। शुक्रबार बिहान बसेको न्याय परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरू राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेन्द्र तिवारीलाई मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो । भट्टराई  हाल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत रहेकोमा उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा […]

हमदवादमा भएको विमान दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

भारतको अहमदवादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्य सहित २४१ यात्रुको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ । यो घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै स्तब्ध र मर्माहत बनाएको सो पार्टीले विज्ञप्तिमार्फत जनाएको छ । घटनामा परी निधन भएका सबै प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै […]

पर्यटन बसपार्कबारे मेयर आचार्यले यसरी गराए ध्यानाकर्षण

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा-७ राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कबारे ध्यानाकर्षण गराएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बसपार्कबारे ध्यानाकर्षण गराएका हुन् । साथै उनले पोखरा बसपार्कको पुनर्निर्माण गर्नुका साथै पोखराका छ वटा नाकामा साना टर्मिनल र लामाचौर क्षेत्रमा पूर्ण क्षमताको बसपार्क निर्माण गर्न दातृ निकायसँग आवश्यक सम्झौता प्रक्रियामा अघि बढिरहेको समेत […]

शिक्षा क्षेत्रमा सिकाईको संकट : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले शिक्षा क्षेत्रमा पठनपाठनको नभइ सिकाईको संकट रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४ औं संघीय प्रतिनिधि सभामा बोल्दै महामन्त्री थापाले विद्यालय शिक्षा विधेयबाट यसको समाधान हुने बताउनुभयो । उहाँले अबको दशका शिक्षा विकासको दशक भएको उल्लेख गर्दै अब माथिल्लो स्तरमा पुग्न जरुरी रहेको बताउनुभयो […]

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया र महासचिवमा दीपक धामी विजयी

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । बिहीबार मध्यराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतान्तरले पराजित गर्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत पाउँदा पौडेलले ७२५ मत ल्याएका थिए । उपाध्यक्षमा विकास श्रेष्ठ र महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी निर्वाचित भएका छन् । महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित […]

यी स्थानमा आज भारी वर्षा हुने

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ। शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र […]