धनुषाको सबैला नगरपालिकाले सामुदायिक विद्यालयहरुका लागि एकैपटक ३२ जना शिक्षक भर्ना गरेको छ । शिक्षक अभावमा पठनपाठन प्रभावित हुन थालेपछि नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८१ बनाएर विज्ञापन गरी खुल्ला प्रतिस्पर्धा मार्फत शिक्षक छनोट गरिएको हो ।
पालिका भित्र रहेका २५ वटा सामुदायिक विद्यालयमा विभिन्न विषयका ७२ शिक्षक पदपूर्तिका लागि चैत २७ गते विज्ञापन गरिएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साविर कुमार महतोका अनुसार ७२ शिक्षकका लागि २ सय आवेदन परे पनि १९८ वटा मात्र स्वीकृत भएको थियो ।नगरपालिकाका मेयर कारीराम यादवका अनुसार नगर शिक्षक अनुदान कोटामा शिक्षक पदपूर्ति गरिएको छ । त्यसका लागि पालिकाबाट ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षकलाई निरन्तरताका लागि अगामी वर्षमा पनि यसैगरी बजेट विनियोजन गरिने उनले बताए ।