ओलीको कटाक्ष: “उरन्ठेउलो केटोहरूले भ्यागुताको जस्तो ट्यारट्यार नगर्नू”

पोखरा,  – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि तीव्र कटाक्ष गर्दै “उरन्ठेउलो केटो” को संज्ञा दिएका छन्। उनले नेपालमा राजतन्त्र फर्काउने सपना देख्नु “वर्षा यामको भ्यागुताको ट्यारट्यार” जस्तो भन्दै यस्ता भ्रम फैलाउन नदिन चेतावनी दिएका छन्। पोखरामा शुक्रबार सम्पन्न युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै […]

पोखरामा आजदेखि होमस्टे मार्ट

पोखरा ।पोखरामा आजदेखि होमस्टे मार्ट हुँदै छ । गाउँलाई सहरसँग जोड्ने उद्देश्यले शुक्रबार र शनिबार मार्ट आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल ९भिटोफ० को सहआयोजनामा हुने २ दिने मार्टमा प्रदेशभित्रका विभिन्न होमस्टेहरू सहभागी हुँदै छन् । होमस्टे सञ्चालकहरूले आफ्नो होमस्टेबाट प्रदान हुने प्याकेजबारे प्रचार […]

राजीनामा दिने विचार गरिरहेका छन् मोहम्मद युनुस ?

बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले राजीनामा दिने सोचमा छन् । यस विषयमा विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले मोहम्मद युनुसलाई जमुनास्थित उनको निवासमा भेटेका थिए । नाहिद इस्लामले बीबीसी बंगलालाई भनिन्, ‘देशको वर्तमान परिस्थितिका कारण हामीले सरको राजीनामाको खबर सुनिरहेका थियौँ । त्यसैले म उहाँलाई भेट्न गएँ । यस भेटघाटको […]

प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ : रमेश रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य  भए  सभा पूर्ण हुने तर्क गर्छन् । पर्सा–४ बाट निर्वाचित उनीसँग  देशको संसदीय अभ्यास, संविधान संशोधन, सुशासन र युवाको विदेश गमनलगायत समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंशः तपाईँको पछिल्लो संसदीय अभ्यासको […]

सबैला नगरपालिकाले ७२ शिक्षकको विज्ञापन गर्दा ३२ जना मात्र पास

धनुषाको सबैला नगरपालिकाले सामुदायिक विद्यालयहरुका लागि एकैपटक ३२ जना शिक्षक भर्ना गरेको छ । शिक्षक अभावमा पठनपाठन प्रभावित हुन थालेपछि नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८१ बनाएर विज्ञापन गरी खुल्ला प्रतिस्पर्धा मार्फत शिक्षक छनोट गरिएको हो । पालिका भित्र रहेका २५ वटा सामुदायिक विद्यालयमा विभिन्न विषयका ७२ शिक्षक पदपूर्तिका लागि चैत २७ गते विज्ञापन गरिएको थियो […]

एमाले निकट युवा संघको महाधिवेशन आजदेखि पोखरामा

  पोखरा ।नेकपा (एमाले) निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरू हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । प्रधानमन्त्री ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए […]

बैतडीमा मध्यरात भूकम्पको धक्का

बैतडीमा भूकम्प गएको छ। बिहीबार राति १ बजेर ४८ मिनेटमा ५.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। मध्यरात भूकम्प गएकाले मानिसहरू घरबाहिर निस्किएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। भूकम्पबाट अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको र जनजीवन सामान्य रहेको प्रजिअ उपाध्यायले जानकारी दिए। ‘मध्यरात ठूलै कम्पन आएकाले मानिसहरू […]

तीन प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा शुक्रबार बिहान वर्षा भएको छ। पछिल्लो ६ घन्टामा चितवनको शक्तिखोरमा ३४.२ मिलिमिटर वर्षा भएको छ। शुक्रबार […]

आज कुन बिदेशी मुद्राको विनिमय दर कुनको कति ?

पोखरा, नेपाल राष्ट्र बैंकले आज (जेठ ९ गते शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ। अमेरिकी डलरको विनिमय दर लगातार दोस्रो दिन बढेको हो। बिहीबार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७३ पैसा र […]