नेपालको राजनीतिक आन्दोलन र यसबाट सिर्जित अवस्थाहरू संगठित, व्यवस्थित र संस्थागत हुनका लागि विभिन्न चरण पास गर्नबाट वञ्चित हुने गरेका छन् । राजनीतिक दल र उनीहरूको सक्रियता त घटेको छैन, तर समयसापेक्ष भएन भन्ने आवाजहरू चर्किन थालेका छन् ।
हुन पनि अहिले नेपाल एकखाले सङ्क्रमणमा छ । सरकारको काम कारबाही र सरकारमा रहेको दल नेपाली कांग्रेसले पोखिरहेको असन्तुष्टिले पनि आम रूपमा नैराश्यता फैलाएको छ । यही बेला नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल)को राष्ट्रिय सम्मेलन हुन लागेको छ।
“उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारका लागि आजको युवा आन्दोलन!

- ऐतिहासिक पृष्ठभूमि र योगदान
वाईसीएल नेपालले नेपालको राजनीतिक इतिहासमा निर्णायक योगदान पुर्याएको संगठन हो। सशस्त्र जनयुद्धदेखि गणतन्त्र स्थापनासम्मको संघर्षमा वाईसीएलले खेलेको भूमिका आज पनि स्मरणीय छ। देशको परिवर्तनको प्रक्रियामा युवाको शक्ति र संलग्नता कस्तो हुन सक्छ भन्ने उदाहरण वाईसीएल स्वयं हो।
- युवा आन्दोलन र आर्थिक स्वाधीनताको युगविश्व राजनीतिमा देखिएका नाटकीय घटना, विज्ञान प्रविधिको विकास, आत्मनिर्भरताको खोजी र सिर्जनशिलताले युवाहरू आफ्नै पौरखमा रम्न चाहन्छन् ।
अहिलेको युवा पुस्तामा एकखाले संक्रमण भने छ, त्यो हो नेपालमा अवसर पाइएन भन्दै विदेश जाने । विदेशमा पैसाको रुखबाट नै टिप्ने सोच व्याप्त छ । तर, यही बसेर सृजनशील बन्ने, उद्यम गर्ने, आत्मनिर्भर बन्ने भन्ने कुरालाई साकार पार्ने राज्यले वातावरण बनाइदिन सकेको छैन भने युवाहरू पनि बखेडाभन्दा विदेशमा गएर अर्थोपार्जनको सोच बनाउने गरेको देखिन्छ । अझ भन्नुपर्दा अहिलेको युवा राजनीतिक नारामा मात्रै सिमित बन्न चाहन्न । सरकारी जागिरको पर्खाइमा बस्ने सोचबाट बाहिर निस्केर, युवा अब आफ्ना सीप, प्रविधि र नवीन सोचमार्फत व्यावसायिक तथा सामाजिक परिवर्तनका अगुवा बन्न थालेका छन् ।
उद्यमशीलता युवा आन्दोलनको आधार स्तम्भ बनेको छ— नाफामुखी उद्देश्यभन्दा पर, रोजगारी सिर्जना, राष्ट्रिय उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फको स्पष्ट बाटो ।
विश्व राजनीतिमा देखिएका नाटकीय घटना, विज्ञान प्रविधिको विकास, आत्मनिर्भरताको खोजी र सिर्जनशिलताले युवाहरू आफ्नै पौरखमा रम्न चाहन्छन् ।
अहिलेको युवा पुस्तामा एकखाले संक्रमण भने छ, त्यो हो नेपालमा अवसर पाइएन भन्दै विदेश जाने । विदेशमा पैसाको रुखबाट नै टिप्ने सोच व्याप्त छ । तर, यही बसेर सृजनशील बन्ने, उद्यम गर्ने, आत्मनिर्भर बन्ने भन्ने कुरालाई साकार पार्ने राज्यले वातावरण बनाइदिन सकेको छैन भने युवाहरू पनि बखेडाभन्दा विदेशमा गएर अर्थोपार्जनको सोच बनाउने गरेको देखिन्छ । अझ भन्नुपर्दा अहिलेको युवा राजनीतिक नारामा मात्रै सिमित बन्न चाहन्न । सरकारी जागिरको पर्खाइमा बस्ने सोचबाट बाहिर निस्केर, युवा अब आफ्ना सीप, प्रविधि र नवीन सोचमार्फत व्यावसायिक तथा सामाजिक परिवर्तनका अगुवा बन्न थालेका छन् ।
उद्यमशीलता युवा आन्दोलनको आधार स्तम्भ बनेको छ— नाफामुखी उद्देश्यभन्दा पर, रोजगारी सिर्जना, राष्ट्रिय उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फको स्पष्ट बाटो ।
भ्रष्टाचारको अन्त्य, जबाफदेही प्रशासन, सेवा–मुखी राज्यसत्ता र जनउत्तरदायी नेतृत्व युवा आन्दोलनका केन्द्रबिन्दु हुन्।
• सामाजिक न्याय विना लोकतन्त्र अधुरो हुन्छ। जातीय, लैङ्गिक, वर्गीय विभेदको अन्त्य र समान अवसर सुनिश्चित गर्ने लक्ष्य वाईसीएलले प्राथमिकतामा राखेको छ।
• समृद्धिको परिभाषा अब केवल आर्थिक वृद्धिदरमा सीमित छैन। समावेशी विकास, व्यापक रोजगारी सिर्जना र क्षेत्रीय सन्तुलनलाई समृद्धिको मापक मान्ने दृष्टिकोण यस सम्मेलनले अघि सारेको छ।
• समाजवादप्रति वाईसीएलको प्रतिबद्धता प्रस्ट छ — उत्पादनका साधनमा जनताको स्वामित्व, स्रोतसाधनको समान वितरण, तथा न्यायपूर्ण राज्यसंरचनाको निर्माण यस आन्दोलनको अन्तिम लक्ष्य हो।
वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आजको नेपालमा समावेशी नेतृत्व निर्माण, युवाको दृष्टिकोणको प्रवाह, र जनमुखी नीतिको विकासको केन्द्रबिन्दु बन्ने अपेक्षा गरिएको छ।
उद्यमशीलता, नवप्रवर्तन र स्वरोजगारमार्फत आत्मनिर्भरता, सुशासन, सामाजिक न्याय र समाजवादमार्फत समृद्ध नेपाल — यही मूल मन्त्रलाई आत्मसात गर्दै, वाईसीएलले नयाँ पुस्तालाई विचार, संघर्ष र निर्माणको साझा यात्रामा उभ्याउने ऐतिहासिक जिम्मेवारी लिएको छ।
अहिलेको युवापुस्तामा देखिएको तनाव, राजनीतिक प्रणालीप्रतिको वितृष्णा, राज्य प्रणालीबाट देखिएको दिक्दारी लगायतका सबै विषयको समाधानसहित युवालाई गोलबद्ध गर्दै आम युवाको संगठन वाईसीएललाई बनाउनैपर्नेछ ।
अहिलेका युवा सङ्गठनहरू एकखाले घेराबन्दीमा देखिन्छन् । राजनीतिक दल, शीर्ष नेता र निहित स्वार्थ समूहको चंगुलमा फसेको आरोप खेपिरहेको देखिन्छ । यस्तोमा वाईसीएलले आफूलाई फरक कित्तामा उभ्याउने प्रण गर्ने र यसलाई युवाको वास्तविक संगठन निर्माण गर्ने कार्यभार यो सम्मेलनले गर्नैपर्छ ।
युवापुस्तामा देखिएको निराशालाई आशामा बदल्ने राजनीतिक कार्यक्रम र समाजवादउन्मुख संविधान कार्यान्वयनमा स्रोत साधनको परिचालनसम्मका योजना अब वाईसीएलले बनाउनेछ । यस्ता योजनाको फ्रेमवर्कभित्र रहेर वाईसीएलले नेपाली युवालाई गोलबद्ध पार्ने, राजनीतिक रूपमा प्रशिक्षित गर्ने र नयाँ बाटो देखाउने काम गर्नेछ ।