जिप दुर्घटना हुँदा दमक नगरपालिकाका अधिकृतको मृत्यु, ६ जना घाइते

उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा झापाको दमक नगरपालिकाका एक अधिकृतको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईंका अनुसार मदन भण्डारी लोकमार्ग हुँदै चितवनबाट झापाको दमकतर्फ आउँदै गरेको मे १ च ३०४० नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा दमक–३ का ५५ वर्षीय […]

राजसंस्था फर्किन्छ भन्ने कुरा दिवा सपना हो: अध्यक्ष नेपाल

पोखरा,एकीकृत ट्रेड युनियन महासंघ नेपालले १३६औँ मे दिवसका अवसरमा मजदुर भेला कार्यक्रम सम्पन्न गरेको छ। बिहिबार अनामनगर काठमाडौँमा उक्त भेला सम्पन्न भएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उपस्थिति हुनुहुन्थ्यो। अध्यक्ष नेपालले उक्त अवसरमा देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्याङ्कन र समीक्षा गर्नुपर्नेमा त्यसो हुन नसकेको […]

गुणस्तरीय र प्रविधिमैत्री शिक्षाले मात्र समृद्ध नेपाल सम्भव : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । विहिबार पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् । “समयअनुकूल शिक्षामा रूपान्तरण आवश्यक छ। शिक्षक र विद्यालयले मात्र होइन, अभिभावकले पनि शिक्षामा सक्रिय भूमिका खेल्नुपर्छ ।”, उनले […]

रोजगारी र जनशक्ति जोड्न shramsansar.gov.np सुरु, प्रधानमन्त्री ओली

पोखरा १८ वैशाख – सरकारले रोजगारीका अवसर र जनशक्तिबीचको दूरी घटाउने उद्देश्यले नयाँ डिजिटल पोर्टल shramsansar.gov.np सार्वजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत यस पोर्टलको सुरुवातको जानकारी दिँदै यसले रोजगारी नपाएको गुनासो गर्नेहरू र कामदार नपाएको गुनासो गर्नेहरू दुबैको समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन्। यस पोर्टलमार्फत रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिहरूबीच […]

युवा चेतना र परिवर्तनको यात्रा

नेपालको राजनीतिक आन्दोलन र यसबाट सिर्जित अवस्थाहरू संगठित, व्यवस्थित र संस्थागत हुनका लागि विभिन्न चरण पास गर्नबाट वञ्चित हुने गरेका छन् । राजनीतिक दल र उनीहरूको सक्रियता त घटेको छैन, तर समयसापेक्ष भएन भन्ने आवाजहरू चर्किन थालेका छन् । हुन पनि अहिले नेपाल एकखाले सङ्क्रमणमा छ । सरकारको काम कारबाही र सरकारमा रहेको दल नेपाली […]

टेस्लामा मस्कलाई सीईओबाट हटाउने प्रक्रिया सुरु

अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको सञ्चालक समितिका सदस्यहरूले सीईओ एलन मस्कको ठाउँमा नयाँ सीईओ छान्ने प्रक्रिया सुरु गरेका छन् । मस्क राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारी दक्षता विभाग (डज)को प्रमुख बनेयता कम्पनीको विक्री र मुनाफा घटेको छ भने शेयर मूल्य ओरालो लागिरहेको छ । यस्तोमा कम्पनीको सञ्चालक समितिले कार्यकारी खोजिदिने कयौँ कम्पनीलाई सम्पर्क गरेको […]

कलात्मक चित्रमार्फत पोखरालाई आकर्षक बनाइने – मेयर आचार्य

पोखरा, वैशाख १८ – पोखरा महानगरपालिका वडा नं. ७ बुलौदीस्थित पुष्पलाल स्मृति पार्कको तल्लोपट्टिको पर्खालमा आकर्षक वाल पेन्टिङ अनावरण गरिएको छ। नेपाल कमर्शियल आर्टिष्ट संघ र पोखरा महानगरपालिकाको सहकार्यमा तयार पारिएको उक्त पेन्टिङमा पोखराका प्रमुख पर्यटकीय स्थलहरूको जीवित झलक प्रस्तुत गरिएको छ। मजदुर दिवसको अवसर पारेर आज आयोजित एक समारोहबीच पोखरा महानगर प्रमुख धनराज आचार्यले […]

रमणीय ताकम गाउँबाट सुरु भयो ‘माइतीघर’को छायांकन

म्याग्दीको रमणीय गाउँ ताकमबाट फिल्म ‘माइतीघर’को छायांकन सुरु भएको छ । स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजाआजा गर्दै विहीबारदेखि छायांकन सुरु भएको हो । छायांकन थलो धौलागिरी गाउँपालिका ७ मा पर्ने सो मन्दिरमा स्थानीय जनप्रतिनिधिको उपस्थितीमा ‘कास्ट एन्ड क्रू’ले मुहूर्त पूजा गरे । ४० दिनको छायांकन सेड्युलअन्तर्गत २० दिन ताकम र धारापानी गाउँमा छायांकन हुनेछ भने […]

अपहरण गरेको आरोपमा नाबालकसहित चार जना पक्राउ

पोखरा,कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको बताए । हिरासतमा रहेका नाबालकको विवरण […]

श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री

१८ वैशाख पाेखरा, प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताए । श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा […]