१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक वर्गलाई शुभकामना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कास्की, वैशाख १८ — १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा (एमाले) कास्की जिल्ला सचिवालय सदस्य झपट रानाभाटले समस्त श्रमिक वर्गलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

रानाभाटले यस दिवसको ऐतिहासिक महत्त्वबारे जानकारी दिँदै भने, “सन् १८८६ मा अमेरिकाको सिकागो शहरमा श्रमिकहरुले ८ घण्टा काम, ८ घण्टा विश्राम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन गरेका थिए। शान्तिपूर्ण प्रदर्शनमा सहभागी श्रमिकहरुको ज्यान गयो र त्यसपछि १ मे का दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउन सुरु गरियो।”

उनले श्रमिकको संघर्षलाई सम्मान गर्दै भने, “आजको दिन श्रमिक वर्गको संघर्ष र अधिकारको प्रतीक बनेको छ। त्यस्ता श्रमिकहरु जो आफ्नो परिवारको पालनपोषणको लागि कठिन परिश्रम गर्दै दिन र रात व्यतित गर्दैछन्, उनीहरुको योगदानलाई हामी सम्झन्छौं र सम्मान गर्छौं।”

नेपालमा श्रमिक वर्गको स्थितिमा सुधारका लागि विविध प्रयासहरु हुँदै आइरहेको छ, र रानाभाटले यस दिनको अवसरमा बौद्धिक श्रमिकदेखि शारीरिक श्रमिकसम्म सबैका लागि न्यायोचित व्यवस्थापन र अधिकारका लागि संघर्ष जारी राख्नुपर्ने आह्वान गरे।

उनले श्रमिक वर्गलाई एकजुट हुन र आफ्नो अधिकारको लागि सदैव लड्न प्रेरित गर्दै १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिकहरुलाई शुभकामना दिएका छन्।