पोखरा महानगरले भन्यो– वैशाख १७ भित्र पढाइ सुचारु गर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, वैशाख १५ – पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ का लागि वैशाख १७ गतेभित्र पठन–पाठन नियमित रूपमा सञ्चालन गर्न सबै विद्यालयलाई पत्राचार गरेको छ।

नगर शिक्षा समितिको आइतबार बसेको बैठकले पठन–पाठन सुचारु गर्न विशेष निर्णय गर्दै विद्यालयहरूलाई आवश्यक निर्देशन जारी गरेको हो। समितिले सामुदायिक विद्यालयहरूमा विगत केही समयदेखि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण परेको असरलाई मध्यनजर गर्दै, शिक्षण कार्यलाई शीघ्र सामान्य बनाउन पहल थालेको जनाएको छ।

महानगरका अनुसार वैशाख १७ गतेसम्म सबै विद्यालयमा पढाइ नियमित रुपमा सञ्चालन हुनुपर्नेछ। विद्यालयहरूले सोही अनुसार तयारी गर्न र शिक्षण क्रियाकलाप पुनः सुचारु गर्नुपर्ने जनाइएको छ।

महानगरपालिकाले आन्दोलनरत पक्षसँग संवाद गरी समस्या समाधानका लागि आवश्यक पहलहरू पनि जारी राखेको जनाएको छ।