गौशालामा मोबाइल र नगद चोरी गर्ने दुई जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गौशालामा मोबाइल र नगद चोरी गर्ने दुई जना पक्राउकाठमाडौँको गौशाला क्षेत्रमा घरभित्र प्रवेश गरी मोबाइल तथा नगद चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट चाडपर्व सुरक्षा योजनाअनुसार ड्युटीमा खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौँ महानगरपालिका–९ विजयचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ घर भई हाल काठमाडौँको माछापोखरी बस्ने २६ वर्षीय सबिन मिजार र सोही ठाउँ घर भई माछापोखरी नै बस्ने १९ वर्षीय समिर तामाङ रहेका छन्।

गौशाला वडा एरियामा घरभित्र छिरेर चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरूको साथबाट चोरी गरिएका विभिन्न कम्पनीका ७ थान मोबाइल र १० हजार रुपैयाँ नगदसमेत बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला, काठमाडौँ पठाइएको छ।