नेपाल र एनसेलले आफ्ना ग्राहकलाई लक्षित गर्दै दसै विशेष अफर ल्याएका छन्। यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले छानिएका सामसङ टिभी, फ्रिज र वासिङ मेसिनको खरिदमा ३१ प्रतिशतसम्मको कुल लाभ उपलब्ध गराउने जनाएका छन्।
यस सहकार्यअन्तर्गत एनसेलका ग्राहकले सामसङको चाडपर्व अफरमा थप १२ प्रतिशतसम्म छुट पाउनेछन् । यसबाट योग्य उत्पादनको खरिदमा कुल लाभ ३१ प्रतिशतसम्म पुग्ने कम्पनीले जनाएका छन् ।
‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा!’ नारासहित सञ्चालन भइरहेको सामसङको चाडपर्व अफरलाई सहकार्यले थप आकर्षक बनाउने अपेक्षा गरिएको छ । यसले चाडपर्वका समयमा घरायसी विद्युतीय उपकरण परिवर्तन गर्न चाहने ग्राहकलाई थप सुविधा दिने कम्पनीहरूको भनाइ छ ।
अफर लिन एनसेलका ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफूलाई उपलब्ध छुट हेर्न सक्नेछन् । ग्राहकले एनसेल प्याकमा गर्ने खर्चका आधारमा आफूलाई लागू हुने छुटको विवरण प्राप्त गर्नेछन् । त्यसपछि एपबाट अफर कोड लिएर सहभागी सामसङका आधिकारिक डिलरकहाँ गई टिभी, फ्रिज वा वासिङ मेसिन खरिद गर्न सक्नेछन् ।
यो अफर अक्टोबर ८ देखि नोभेम्बर १६सम्म लागू हुनेछ ।