प्रधानाध्यापकमाथि लात्ती-मुक्का प्रहार गर्ने दुई पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट तथा शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुनसरीको वराहक्षेत्र नगरपालिका-७ घर भई कपन बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका-१ घर भई कपनमै बस्ने ४४ वर्षीय ध्रुव प्रसाद घिमिरे रहेका छन्।

प्रहरीका अनुसार ‌बिहीबार बिहान अन्दाजी १०:३४ बजे बुढानिलकण्ठ नगरपालिका-१० स्थित विद्यालय प्राङ्गणमा शिक्षकमाथि कुटपिट भएको सूचना पाएपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको थियो।

जाँचका क्रममा दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई अपशब्द तथा अश्लील शब्द प्रयोग गरी गालीगलौज, धाकधम्की र अभद्र व्यवहार गरेको पाइएको प्रहरीले जनाएको छ।

सोही क्रममा घिमिरेको निर्देशनमा प्रधानाध्यापकमाथि मुक्का र लात्ती प्रहार गरी कुटपिट गरिएको थियो।

घटनापछि नियन्त्रणमा लिइएका दुवै जनाविरुद्ध ‘अभद्र व्यवहार गर्नु नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।