बुढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, २७ घर आंशिक क्षति

गोरखाको चुमनुब्री गाउँपालिका–६, चुम्लिङ नजिकै  आएको बाढीले आसपासका क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपहिरोका कारण हालसम्म ४५ घर पूर्ण रूपमा र २७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ३४ गोठमा क्षति पुगेको छ। विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र पारिएको प्राधिकरणले जनाएको छ। प्रभावित […]

सहमहामन्त्रीहरूको गणना सुरु, महिला केन्द्रीय सदस्य खुलाको पनि थालियो

कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरू र महिला केन्द्रीय सदस्य खुलाको मतगणना थालिएको छ । आइतबार साँझदेखि सहमहामन्त्रीहरू खुला, सहमहामन्त्री (महिला) र केन्द्रीय सदस्य (महिला) को गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ । विभिन्न ६ ठाउँमा उक्त गणना भइरहेको हो । सहमहामन्त्री खुलामा नौ जना चुनावी मैदानमा छन् । जसमा […]

चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीपछि स्वास्थ्य क्षेत्रको प्रतिकार्यका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमार्फत निरन्तर समन्वय तथा निगरानी गरिरहेको छ । स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई सक्रिय गराइएको जनाएको हो मन्त्रालयका अनुसार […]

पहिरोले नदी थुनिएर बनेको बाँध फुट्दा बूढीगण्डकीमा बाढी

गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहानको बाढी चुम्चेत नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फुट्दा आएको हुनसक्ने प्रारम्भिक आँकलन गरिएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले नेपालका सरकारी निकायबाट सार्वजनिक भएका प्रारम्भिक विवरणको समीक्षा गर्दै पहिरोले नदीको बहाव रोकेपछि बनेको अस्थायी अवरोध भत्किएर बाढी आएको हुन सक्ने जनाएको हो। इसिमोडका अनुसार आज […]

ओखलढुङ्गाका पुराना राजनीतिज्ञ एवं समाजसेवी अधिकारीको निधन

 ओखलढुङ्गाका पुराना राजनीतिज्ञ एवं समाजसेवी  खिलानाथ अधिकारीको गए राति निधन भएको छ । ९४ वर्षको उमेरमा  अधिकारीको काठमाडौँ फैकास्थित  आफ्नै निवासमा निधन भएको हो। विशेषगरी पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा सरिक भएर उनी जेल समेत परेका थिए। ओखलढुङ्गाका कांग्रेसका नेताहरू बलबहादुर राई, गोपाल राई लगायत उनी सहित १५ नेताहरूलाई  तत्कालीन पञ्चायती शासकले पक्राउ गरी एउटै […]

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्न माग

राष्ट्रिय जेन्जी नागरिक अभियानले गोरखाको चुमनुब्री क्षेत्र हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न सरकारसँग माग गरेको छ। राष्ट्रिय विपत्ति जोखिम तथा न्युनिकरणलाई  आइतबार एक पत्र बुझाउँदै अभियानले बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको तथा कम्तीमा १० जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएसँगै […]

प्रधानाध्यापकमाथि लात्ती-मुक्का प्रहार गर्ने दुई पक्राउ

कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट तथा शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरीको वराहक्षेत्र नगरपालिका-७ घर भई कपन बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका-१ घर भई कपनमै बस्ने ४४ वर्षीय ध्रुव प्रसाद घिमिरे रहेका छन्। प्रहरीका अनुसार ‌बिहीबार बिहान अन्दाजी १०:३४ बजे बुढानिलकण्ठ नगरपालिका-१० […]

बूढीगण्डकी बाढी : भेडीगोठबाट बेपत्ता हुने पाँचजना को को हुन् ?

गोरखाको चुमनुब्री गाउँपालिका–६ मा बूढीगण्डकी नदीमा आएको बाढीपछि भेडीगोठमा रहेका पाँचजना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा दुई महिला र तीन पुरुष छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा ६५ वर्षीय सोनाम लामा, उनकी ५९ वर्षीया श्रीमती मोम्मो अजि लामा, सोही स्थानका ६६ […]

केपी ओली भन्छन् : राज्यले अहिले मात्रै ज्यानमारा भनेको होइन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध जति प्रहार भए पनि नढल्ने बताएका छन्। आफूलाई नजिक आएर ‘कमरेड’ भन्नेहरूले नै छुरा हान्ने गरेको बताउँदै उनले आफू नमरुन्जेल लडिरहने बताएका हुन्। आइतबार काठमाडौंमा एमालेको सम्पर्क विशेष संगठन कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै ओलीले आफूविरुद्ध विभिन्न किसिमका प्रहार भइरहेको […]

बूढीगण्डकी बाढी : त्रिशूली र नारायणी किनारमा सतर्कता

बुढीगण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार तटीय क्षेत्रका सर्वसाधारण, शव दाह, व्यापार, माछा मार्ने, पौडी खेल्नेलाई सतर्क रहन आग्रह गरिएको हो देवघाटमा शव दाह गर्नेहरुलाई उच्च ठाउँमा जान, नारायणी किनारमा ठेला, रिक्सामा व्यापार नगर्न […]