काउन्सिलले सञ्चारमाध्यमलाई होच्याउने र मनोबल गिराउने काम गर्‍यो : महासंघ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काउन्सिलले सञ्चारमाध्यमलाई होच्याउने र मनोबल गिराउने काम गर्‍यो : महासंघ नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको जनकपुरधाममा सम्पन्न पाँचौँ पूर्ण बैठकले प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आइरहेका कारबाहीसम्बन्धी विषयप्रति गम्भीर असहमति व्यक्त गरेको छ।

नेपाली मिडियामा आफ्ना कमजोरी सच्याउने तत्परता रहेको र सोहीअनुसार कमजोरी सच्याउने काम भइरहेको अवस्थामा पनि प्रेस काउन्सिलले सञ्चारमाध्यमलाई होच्याउने र मनोबल गिराउने गरी कारबाही गरिएको भन्दै सामाजिक सञ्जालबाट प्रचारप्रसार गरेकोप्रति महासंघले गम्भीर ध्यान आकृष्ट भएको जनाएको हो।महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी घोषणापत्रमा काउन्सिलको यस्तो कदमप्रति आपत्ति जनाइएको छ।