पृथ्वी राजमार्ग भोलि बेलुकादेखि मात्र दुईतर्फी खुल्ने

पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। सो राजमार्ग अन्तर्गत गजुरी नजिकै काठमाडौँतर्फ पर्ने गलौदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएकाले सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक विभागले शनिबार साँझ जारी गरेको सूचना अनुसार अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन भित्तापट्टिको भाग कटान गरी सडक विस्तार गर्ने कार्य तीव्र गतिमा […]
जब भान्जाको उपचारका लागि दिल्ली पुगेका व्यक्तिलाई प्रदर्शनकारी भन्दै नियन्त्रणमा लिइयो…
भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले बिरामी भान्जाको उपचारका लागि दिल्ली पुगेका वीर कुमारलाई पनि नियन्त्रणमा लिएको छ। कुमारले आफू प्रदर्शनमा सहभागी नभए पनि प्रहरीले प्रदर्शनकारी भन्दै नियन्त्रणमा लिएको दाबी गरेका छन्। भारतको निर्वाचन आयोगले मतदाता नामावलीमा गरेको विशेष गहन संशोधन (एसआईआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै […]
काउन्सिलले सञ्चारमाध्यमलाई होच्याउने र मनोबल गिराउने काम गर्यो : महासंघ
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको जनकपुरधाममा सम्पन्न पाँचौँ पूर्ण बैठकले प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आइरहेका कारबाहीसम्बन्धी विषयप्रति गम्भीर असहमति व्यक्त गरेको छ। नेपाली मिडियामा आफ्ना कमजोरी सच्याउने तत्परता रहेको र सोहीअनुसार कमजोरी सच्याउने काम भइरहेको अवस्थामा पनि प्रेस काउन्सिलले सञ्चारमाध्यमलाई होच्याउने र मनोबल गिराउने गरी कारबाही गरिएको भन्दै सामाजिक सञ्जालबाट प्रचारप्रसार गरेकोप्रति […]
‘तपाईं कहिले पाखा लाग्ने’ भनेर सोधेपछि पत्रकारसँग रिसाए ओली
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली सञ्चारकर्मीको प्रश्न सुनेर आक्रोशित भएका छन्। शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूलाई पार्टी राजनीतिबाट ‘कहिले पाखा लाग्ने’ भनी सोधिएको प्रश्नप्रति आपत्ति जनाएका हुन्। पार्टी बैठकमा सहभागी हुन पुगेका ओलीलाई एक सञ्चारकर्मीले प्रश्न गरेका थिए, ‘कांग्रेसको महाधिवेशन भयो, लगभग शेरबहादुर देउवा पाखा लाग्नुभयो। तपाईं चाहिँ कहिले पाखा […]
मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु
मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनः सुरु भएको छ। प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनः आधार शिविर पुगेका हुन्। विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ। डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प दुईभन्दा करिब ४०० मिटरमाथि पुगेको […]
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक बनाउन एक अर्ब लाग्ने
बाढीपहिरोले क्षति पुर्याएको बेँसीसहर–चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि रु एक अर्ब आवश्यक पर्ने भएको छ। बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने रु तीन अर्ब लागत अनुमान गरिएको छ। डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए। उनका अनुसार असोज ८ देखि ११ […]
पोखरामा विमानस्थल आसपासमा चंगा र ड्रोन उडाउन निषेध
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने […]
संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको निकास र समृद्धिको आधार: विमलेन्द्र निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको वर्तमान राजनीतिक निकास र समृद्धिको आधार भएको बताएका छन्। जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानका मूल मर्मलाई आत्मसात गर्दै प्रदेश तहमा प्रहरी प्रशासनको अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका हुन्। नेता निधिले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षतासहितको नौ बुँदे राष्ट्रिय सूत्रलाई […]
सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता
मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारी साधनको चाप बढेसँगै बडादसैँका यात्रुवाहक सवारी साधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टले यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्गमा सवारी व्यवस्थापन गरिएको जानकारी दिए । उहाँका अनुसार यात्रुवाहक सवारीसाधनपछि इन्धन तथा खाना पकाउने […]
जाइकाको अनुदानमा निर्मित विराटनगर खानेपानी परियोजना अन्तिम चरणमा, मेयर कोइरालाद्वारा निरीक्षण
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सञ्चालित खानेपानी परियोजना निर्माण सम्पन्न भई वितरणको अन्तिम तयारीमा पुगेको छ। निर्माण कार्य सकिएसँगै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शनिबार आयोजनाको स्थलगत निरीक्षण गरेका छन्। जाइकाले परियोजना स्वीकृत गरेपछि जग्गा, सडक र विद्युतलगायतका समस्या समाधान गर्न मेयर कोइरालाले सहजीकरण गरेका थिए। जसका कारण […]