नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले विभिन्न ५ वटा निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको छैटौँ बैठकले कात्तिक र मंसिर महिनामा “राष्ट्रिय जागरण अभियान” सञ्चालन गर्ने निर्णय गरेको छ।
छुटाउनुभयाे कि ?झलनाथ खनाललाई कारबाहीबारे अर्को बैठकले निर्णय गर्ने, प्रचण्डले के भने ?नेकपाको वडास्तरीय अधिवेशन पुस ११ देखि, महाधिवेशन स्थानीय तहको निर्वाचनपछिनेकपाले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
अभियानको उद्घाटन कार्तिक ७ गते बृहत् पत्रकार सम्मेलनसहित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गरिनेछ, र उक्त अभियान मंसिर २५ गते सम्पन्न हुने प्रवक्ता प्रकाश ज्वालाले बताए । अभियानमा केन्द्रदेखि स्थानीय समितिसम्मको सिङ्गो पार्टीपङ्क्ति परिचालित हुनेछ । बैठकले अभियान सञ्चालन कार्यविधि तथा कार्ययोजना पारित गरेको छ ।
- पार्टी केन्द्रीय समिति, केन्द्रीय कार्य समिति र केन्द्रीय सचिवालयका बैठकहरू अभियान सम्पन्न पश्चात मंसिर महिनाको अन्तिम साता आयोजना गरिनेछ ।
- आगामी पौष ११ गते देशभरिका सम्पूर्ण वडाहरूमा एकै दिन पार्टीका वडा अधिवेशनहरू आयोजना गरिनेछ र माघ १५ गते देशभरिका सम्पूर्ण पालिकाहरू (महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका) मा एकै दिन पार्टीका पालिका अधिवेशनहरू आयोजना गरिनेछ ।
- बैठकले बडादसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वहरूको अवसरमा स्वदेश तथा प्रवासमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकमा शुभकामना व्यक्त गरेको छ ।
- बैठकले पार्टीका केन्द्रीय अनुशासन आयोगका सचिव क. अशोक रोकाय ‘सङ्कल्प’, अनुशासन आयोगका सदस्य विजयबाबु बनबासी तथा केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरू क. पूर्णबहादुर गुरुङ र बौएलाल महतोको दुःखद निधन भएकोमा उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने शोक प्रस्ताव पारित गरेको छ ।
