नेकपा संयोजन समिति बैठकले के–के गर्याे निर्णय ?
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले विभिन्न ५ वटा निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको छैटौँ बैठकले कात्तिक र मंसिर महिनामा “राष्ट्रिय जागरण अभियान” सञ्चालन गर्ने निर्णय गरेको छ। छुटाउनुभयाे कि ?झलनाथ खनाललाई कारबाहीबारे अर्को बैठकले निर्णय गर्ने, प्रचण्डले के भने ?नेकपाको वडास्तरीय अधिवेशन पुस ११ देखि, महाधिवेशन स्थानीय तहको निर्वाचनपछिनेकपाले कात्तिक […]
उपचारको खर्च महानगरले व्यहोर्ने ‘ — ओख्ले दुर्घटनापछि भावुक बन्दै मेयर धनराज आचार्य

पोखरा, २३ असोज ।पोखरा महानगरपालिका वडा नं. २८ माझठानास्थित ओख्लेको भिरमा शुक्रबार बिहान भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनापछि पोखरा महानगरपालिकाका (मेयर) धनराज आचार्यले घाइतेहरूका अभिभावकलाई उपचार खर्चको चिन्ता नलिन आग्रह गरेका छन्।दुर्घटनाको खबर लगत्तै भावुक बन्दै मेयर आचार्यले घाइते विद्यार्थी तथा अभिभावकहरूको उपचार खर्च सरकारी कोषबाट व्यहोर्ने घोषणा गरेका हुन्। उनले उपचारको विषयमा कुनै […]
जसपा नेपालका केन्द्रीय सदस्य बिक्की यादवले दिए राजीनामा
जनता समाजवादी पार्टी(जसपा)नेपालका केन्द्रीय सदस्य विदेश्वर यादव (बिक्की यादव) ले पार्टीबाट राजीनामा दिएका छन्। युवा तथा खेलकुद विभागका प्रमुख समेत रहेका उनले शुक्रबार अध्यक्ष उपेन्द्र यादवसमक्ष राजीनामा दिएका हुन्। राजीनामा पत्रमा यादवले भनेका छन्, ‘मेरो राजनीतिक प्रतिबद्धता कुनै व्यक्ति, पद वा निजी स्वार्थप्रति थिएन, मधेसका उत्पीडित समुदायको मुक्ति, अधिकारको संस्थागत सुनिश्चितता र न्यायपूर्ण समाज निर्माणप्रति […]
करदाता प्रोत्साहन उपहार कार्यक्रम : विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै उनले आन्तरिक राजस्व विभागलाई यस्तो निर्देशन दिएका हुन् । बिल लिने र दिने संस्कार विकास गरी औपचारिक अर्थतन्त्र निर्माण गर्न भन्दै सरकारले यसै आर्थिक वर्षदेखि […]
फ्लड लाइनभन्दा तल बस्ती बसाल्न नदिने गरी नीतिगत निर्णय लिन सरकारसँग एसएसपी कर्णजितको आग्रह
सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कर्णजितले बाढी र पहिरो प्रभावित बस्तीहरूको पुनर्निर्माण गर्दा ‘फ्लड लाइन’ भन्दा तलको क्षेत्रमा बसोबास गर्न नदिने गरी नीतिगत निर्णय लिन सरकारलाई आग्रह गरेका छन्। शुक्रबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले यस्तो सुझाव दिएका हुन् । एसएसपी कर्णजितले […]
रसुवा बाढीबाट प्रहरीका ६ भवनमा पूर्ण क्षति, भू-उपयोग नीति कार्यान्वयन गर्न डीआईजी कोइरालाको सुझाव
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुदर्शनप्रसाद कोइरालाले बाढी प्रभावित क्षेत्रमा सुरक्षा र व्यवस्थापनका लागि ‘प्रो–एक्टिभ पुलिसिङ’ (सक्रिय प्रहरी परिचालन) सुरु गरिएको बताएका छन्। डीआईजी कोइरालाका अनुसार हाल होल्डिङ सेन्टरहरूमा बस्ने नागरिकहरूको सङ्ख्या क्रमशः घट्दो क्रममा रहे पनि त्यहाँ हुन सक्ने सम्भावित अपराध नियन्त्रणका लागि सुरक्षाकर्मीहरू सक्रिय छन्। महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षाका लागि […]
विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री वाग्लेको निर्देशन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै उनले आन्तरिक राजस्व विभागलाई यस्तो निर्देशन दिएका हुन्। बिल लिने र दिने संस्कार विकास गरी औपचारिक अर्थतन्त्र निर्माण गर्न भन्दै सरकारले यसै आर्थिक वर्षदेखि उपभोक्तालाई […]
दसैँअघि नै उखु किसानलाई अनुदान दिन निर्देशन
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएकी छन्। मन्त्रालयमा आज बसेको वरिष्ठ व्यवस्थापन टोली (एसएमटी) को बैठकमा उनले उखु उत्पादन अनुदानसम्बन्धी भुक्तानी कार्यविधि स्वीकृत भइसकेकाले दसैँअघि नै किसानको हातमा रकम पुग्ने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्। उखु उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान वितरणसम्बन्धी कार्यविधि २०८३ […]