राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की जिल्ला सभापतिमा यदु अधिकारी विजयी भएका छन् ।
शनिबार भएको निर्वाचनमा अधिकारीले एक भोट अन्तरले जित हासिल गरेका हुन् । अधिकारीले १ सय १५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एकराज न्यौपानेले १ सय १४ मत प्राप्त गरेका छन् ।