तरुण दलले भन्यो— कार्यकारी नै सार्वभौमिकताको बोझ नबनोस्

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल तरुण दलले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष मनिष कोइरालाले एक विज्ञप्ति जारी गर्दै आधुनिक नेपालको इतिहासमै दुर्लभ जनसमर्थनका साथ निर्वाचित सरकारका कार्यकारी प्रमुखबाट संसद्‌मा अपेक्षित स्तरको परिपक्व र तथ्यपरक प्रस्तुति हुन नसकेको टिप्पणी गरेको छन् ।आइतबारकाे संसद्‌ बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतकाे सीमा मिचेकाे अभिव्यक्ति दिएका थिए।प्रतिनिधि सभाका सदस्यहरूले प्रधानमन्त्रीको नियमित उपस्थितिको माग गरिरहेको अवस्थामा “प्रधानमन्त्रीसँग प्रश्नोत्तर” कार्यक्रममा उनको प्रस्तुति अप्रत्याशित र निराशाजनक रहेको उल्लेख गरिएको छ ।

दलले संसद्को रोष्ट्रमबाट प्रधानमन्त्रीले दिएको “नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” भन्ने अभिव्यक्तिलाई अपरिपक्व, असंवेदनशील र राष्ट्रिय हित विपरीत रहेको दाबी गरेको छ ।

विज्ञप्तिमा राष्ट्रियता, सीमाना तथा सार्वभौमिकतासँग सम्बन्धित विषय अत्यन्त संवेदनशील भएकाले यस्ता विषयमा सरकार तथ्य, प्रमाण र कूटनीतिक मर्यादाका आधारमा प्रस्तुत हुनुपर्नेमा जोड दिइएको छ । साथै नागरिकको जीविकोपार्जनसँग प्रत्यक्ष सम्बन्ध राख्ने मुद्दाहरूमा पनि सरकार जिम्मेवार, स्पष्ट र रचनात्मक ढङ्गले अघि बढ्नुपर्ने तरुण दलको भनाइ छ ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको सकारात्मक र सम्मानजनक पहिचान निर्माण गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, युवा, विद्यार्थी तथा सम्पूर्ण नागरिकलाई एकताबद्ध हुन तरुण दलले आह्वान गरेको छ।708909775_1585000956528367_4634227211548900196_n (1)