पूर्वप्रधानमन्त्री भट्टराईको प्रधानमन्त्री शाहलाई सुझाव– अप्रिय सत्य नबोल

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन शाहलाई अप्रिय सत्य नबोल्न सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहलाई उक्त सुझाव दिएका हुन् देश र जनताले धेरै आशा गरेका युवा इन्जिनियर प्रधानमन्त्रीलाई मित्रवत् सुझाव भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले लेखेका छन्,संसद्‌मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुभयो। राम्रो गर्नुभयो। पदमा बहाल […]

प्रधानमन्त्रीलाई जेनजी अगुवा साहको प्रश्न, ‘कसलाई खुशी पार्न यस्तो अभिव्यक्ति दिनु भो ?’

 कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले पनि भारतको सिमाना मिचेको छ भन्नु सार्वभौमसत्ताप्रतिको गम्भीर उल्लंघन र अपमान भएको टिप्पणी गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएपछि त्यसलाई फिर्ता लिन र संसद्को रेकर्डबाट हटाउनसमेत जेनजी अगुवा साहले माग गरेका छन् । प्रधानमन्त्रीले दिएको राष्ट्रघाती अभिव्यक्ति तत्काल फिर्ता […]

तरुण दलले भन्यो— कार्यकारी नै सार्वभौमिकताको बोझ नबनोस्

नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल तरुण दलले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष मनिष कोइरालाले एक विज्ञप्ति जारी गर्दै आधुनिक नेपालको इतिहासमै दुर्लभ जनसमर्थनका साथ निर्वाचित सरकारका कार्यकारी प्रमुखबाट संसद्‌मा अपेक्षित स्तरको परिपक्व र तथ्यपरक प्रस्तुति हुन नसकेको टिप्पणी गरेको छन् ।आइतबारकाे संसद्‌ बैठकमा प्रधानमन्त्री शाहले नेपालले […]

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि परराष्ट्रले भन्योः सीमा व्यवस्थापन र प्राविधिक अध्ययन जारी

नेपाल–भारत सीमा क्षेत्रमा देखिएका विविध प्राविधिक तथा प्रशासनिक चुनौती समाधान गर्न दुवै देशका प्राविधिक संयन्त्रहरू सक्रिय रूपमा कार्यरत रहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार सीमास्तम्भहरूको मर्मत, दशगजा क्षेत्रको अतिक्रमणको पहिचान तथा सीमा वारपार जग्गा उपयोग (क्रस बोर्डर अकुपेसन) सम्बन्धी तथ्य संकलन गर्ने काम संयुक्त रूपमा अघि बढाइएको छ। लामो समयदेखि अवरुद्ध रहेका प्राविधिक कार्यहरू हाल पुनः […]

नेपालले भारतको सीमा मिचेको प्रधानमन्त्री बालेनको भनाइपछि के–के लेखे भारतीय मिडियाले ?

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको एउटा अभिव्यक्तिले नेपालभित्र मात्र होइन, भारतका प्रमुख सञ्चारमाध्यमहरूमा समेत व्यापक चर्चा पाएको छ। विशेषगरी नेपाल–भारत सीमा विवादबारे बोल्ने क्रममा उनले “भारतले नेपाली भूमि अतिक्रमण गरेको मात्र होइन, नेपालले पनि केही भारतीय भूभाग अतिक्रमण गरेको जानकारी आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको” बताएपछि भारतीय सञ्चारमाध्यमहरूले त्यसलाई मुख्य समाचारका रूपमा प्रस्तुत गरेका छन्। […]

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सीमाविज्ञको खेद, स्पष्टीकरण र क्षमायाचनाको माग

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा दिएको “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्तिप्रति नेपाल–भारत सीमा विषयका अध्येता तथा विज्ञहरूले गम्भीर आपत्ति जनाउँदै खेद व्यक्त गरेका छन्। सीमाविद् तथा विज्ञहरूको संयुक्त वक्तव्यमा प्रधानमन्त्रीको उक्त भनाइले अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख गर्दै त्यसको तथ्यगत आधार सार्वजनिक गर्न माग गरिएको छ। उनीहरूले नेपालले भारतको सीमा अतिक्रमण […]