मनाङ चिनोखोला जलविधुत आयोजनाको ट्रक दुर्घटना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

वेशिसहर सडक खण्डमा मनाङ चिनोखोला जलविधुत आयोजनाको पाईप बोकेको ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

शनिबार बिहान मनाङको नासो गाँउपालिका–३ स्थित खोत्रोमा पाईप बोकी ल्याएको लु २ ख १८८ नं.को ट्रक उकालो चड्ने क्रममा उकालो तान्न नसकी सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको इप्रका धारापानीका प्रह.मान बहादुर गुरुङले जानकारी दिए।

दुर्घटनामा घाइते भएका चालक सिन्धुपाल्चोक भोटेकोशी गापा–३ बस्ने ३२ वर्षीय  गंगा लाम्गाती र ट्रकमा सवार मनाङ नासो गापा–१ बस्ने ६८ वर्षीय सुर्य बहादुर गुरुङ घाइते भएका छन्।

उनीहरुलाई उपचारको लागि लम्जुङ पठाइएको प्रह गुरुङले जानकारी दिए।

स्थानियहरुरुले बाटो सागुरोको कारण घटना घटेको निष्कर्ष निकालि उक्त बाटोमा फराकिलो नबनाउदा सम्म हाईड्रोपावरको मालबाहक गाडी चल्न नदिने निर्णय भएको उनले बताए।