वीरेन्द्रनगरमा सन्तान पढाउन अस्थायी बसोबास गरेका ५० महिलालाई अटो ड्राइभिङ तालिम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कर्णाली प्रदेश सरकारले  वीरेन्द्रनगरमा सन्तान पढाउन अस्थायी बसोबास गरिरहेका आमाहरूका अटो ड्राइभिङ तालिम दिएको छ । ‎सीप विकास तालिम अन्तर्गत उनीहरूलाई ३० दिने तालिम दिइएको हो ।

‎‎तालिममा कर्णालीका विभिन्न स्थानका ५० जना आमाहरू सहभागी थिए, जो वीरेन्द्रनगर सहरमा आफ्ना छोराछोरीलाई अध्ययन गराउन बसिरहेका थिए।

‎‎तालिमको समापन सत्रमा सहभागी सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले महिलाहरूको लागि सामाजिक सशक्तीकरण र आत्मनिर्भर बन्नका लागि सीपयुक्त तालिमको व्यवस्था गरिएको बताए।

‎‎’सीपलाई व्यावसायिक रूपमा कार्यान्वयन गर्न सुझाव दिन्छु, ‘ उनले भने, ‘आत्मनिर्भरको लागि आफैँले केही न केही स्वरोजगारमूलक कार्यमा लाग्नु आवश्यक हुनुभएकाले यस्ता कामहरूमा सरकारले सदैव सहयोग गर्ने छ ।’

1779603581860

‎‎यसअघि अचार बनाउने, चुरा पोते बनाउने, केक बनाउने, च्याउ उत्पादन, सिलाई कटाई तालिम समेत सञ्चालन गरिसकिएको पनि भण्डारीले बताए।

‎‎यसअघि वीरेन्द्रनगर नगरपालिकाले पनि यस्तै कार्यक्रम चलाएको थियो। अहिले वीरेन्द्रनगरमा दुई दर्जन धेरै महिलाहरू अटो सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका छन्।