मध्यपूर्वको तनावले रोकिएको कुवेत एयरवेजले मंगलबारबाट नियमित उडान भर्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

-मध्यपूर्वमा देखिएको तनावपछि उडान रोकेको कुवेत एयरवेजले मंगलबारबाट नियमित उडान गर्ने भएको छ।

नेपालमा साताको दुई उडान गरिरहेको कुवेत एयरवेजले मध्यपूर्वमा भएको द्वन्द्वपछि गत फेब्रुअरी १ देखि अनिश्चित कालका लागि उडान रोकेको थियो।

मध्यपूर्वको तनाव केही मात्रामा कम भएसँगै कुवेतले काठमाडौं उडान साताको दुई दिन गर्ने तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार मंगलबार र बिहिबार नियमित उडान हुने छ। कुवेतमा धेरै नेपालीहरु रोजगारीका लागि जाने गरेका छन्।

कुवेतबाट हाल कुवेत एयरवेज र जजिरा एयरले उडान गर्दै आएकोमा मध्यपूर्वको तनावपछि रोकिएको थियो। त्यसमध्ये जजिराले भने अहिलेसम्म कुनै तालिका सार्वजनिक गरेको छैन