बागमती प्रदेशकाे हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन जेठ १ गते राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार आगामी नीति तथा कार्यक्रम, बजेट तयारी र प्रशासनिक व्यवस्थापनलाई ध्यानमा राख्दै अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो ।

बैठकले प्रदेश निजामती सेवा नियमावली, २०८३ स्वीकृत गर्नुका साथै स्वास्थ्य तालिम केन्द्र हेटौंडा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ । साथै, वातावरण संरक्षण र उच्च शिक्षा ऐन संशोधनसम्बन्धी विधेयक समितिमा पठाउने निर्णय गरिएको छ ।