एमालेमा ओलीको पद जोगाउन बादलले रोक्न खोजिरहेका छन् विशेष महाधिवेशन आह्वान अभियान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– नेकपा एमालेभित्र चलिरहेको विशेष महाधिवेशन आह्वानको हस्ताक्षर अभियानलाई रोक्नका लागि कार्यबाहक अध्यक्ष रहेका उपाध्यक्ष रामबहादुर थापा बादल कस्सिएका छन्।

११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितको पद जोगाउनका लागि बादल सक्रिय रहेका हुन्। उनी आक्रामक रुपमा यो अभियानलाई शिथिल बनाउने रणनीतिमा लागेको बताइन्छ।

बादलले पार्टीभित्र विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका ३ जना नेताहरूलाई छलफलमा पनि बोलाएका छन्।

कार्यवाहक अध्यक्ष बादलले बुद्धिजीवि परिषदका अध्यक्ष गजेन्द्र थपलिया, अनेरास्ववियुका उपमहासचिव कमल जोशी र अर्का उपमहासचिव उपेन्द्र शाहीलाई छलफलमा बोलाएका हुन्।

अहिलेसम्म करिब ४ सय जनाले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका छन्।

एमाले विधानअनुसार विशेष महाधिवेशन माग गर्न ५१ प्रतिशत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूको हस्ताक्षर चाहिन्छ।

एमालेको ११ औं महाधिवेशनमा भाग लिएका २२६३ जना नै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य हुन्।