यूकेमा रहेका भग्वान गुरुङको समाजविरोधी सन्देश: धम्पुसको जातीय विभाजनको समर्थन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, हाल यूकेमा रहेका माछापुच्छ्रे गाउपालिका-६ रतेस्वाराका भग्वान गुरुङले सामाजिक सञ्जालमा एक सार्वजनिक च्याटमार्फत जातीय विभेदको स्पष्ट समर्थन गरेका छन्। उनले कामी, दमाई र गुरुङ जस्ता जातका लागि छुट्टाछुट्टै बसोबास क्षेत्रको परम्परालाई समर्थन गर्दै, सामाजिक एकता विरुद्धको प्रतिक्रिया व्यक्त गरेका हुन्। उनी धम्पुसमा भएको परम्परालाई आधार बनाएर जातीय रूपमा मन्दिर गुम्बा निर्माणमा रोक लगाउने कुरा गर्दै, समाजलाई विभाजनकारी रूपमा हिँड्न उत्तेजित गरिरहेका छन्।

यो म्यासेज सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा बहस सुरु भएको छ, जहाँ धेरैले उनको बयानलाई समाजको सद्भाव विरुद्धको भनेर आलोचना गरिरहेका छन्।