गृहमन्त्री सुदन गुरुङले भने – ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पदभार सम्हालेपछि देशभरि पक्राउको गति तीव्र बनेको छ। शपथ लिएपछि सार्वजनिक रूपमा पहिलो प्रतिक्रिया दिँदै उनले विगतमा कानुन कार्यान्वयनमा अवरोध भएको संकेत गरेका छन्।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई नै लगाइएको रहेछ’ भन्ने टिप्पणी गर्दै प्रहरीलाई स्वतन्त्र रूपमा काम गर्न नदिइएको अवस्था रहेको उल्लेख गरे।

उनको भनाइले अघिल्लो समय कानुन कार्यान्वयन प्रभावकारी हुन नसकेको र राजनीतिक वा अन्य दबाबका कारण सुरक्षाकर्मी सीमित भएको संकेत गर्दछ।

गृहमन्त्री नियुक्त भएकै रात पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए। उनीहरू जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा पक्राउ परेका हुन्।

यसपछि प्रहरीले भ्रष्टाचार, घरेलु हिंसा, गुण्डागर्दी लगायत विभिन्न आरोपमा देशका विभिन्न स्थानबाट धमाधम पक्राउ प्रक्रिया अगाडि बढाइरहेको छ