तीन अध्यादेश पेस गर्न गृहमन्त्री गुरुङ आफैँ सदनमा उपस्थित हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 – गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । सिंहदरबास्थित निर्माणाधीन संघीय संसद भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।

आजको बैठकमा तीन अध्यादेश पेस हुँदै छन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

अध्यादेश पेस गर्न गृहमन्त्री गुरुङ आफैँ उपस्थित हुने उनको सचिवालयले जानकारी दिएको छ ।