प्रहरी नायव निरीक्षक राउत घुस रकमसहित अख्तियारको नियन्त्रणमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले प्रहरी नायव निरीक्षक दिनेश राउतलाई घुस रकमसहित पक्राउ गरेको छ।

प्रहरी वृत्त मालीगाउँमा कार्यरत राउतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालालाई रकम फिर्ता गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोप छ। उक्त सूचनाका आधारमा टंगालस्थित अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपाने का अनुसार, काठमाडौँ महानगरपालिका–५ गहनापोखरीबाट राउतलाई २० हजार रुपैयाँ नगद र एक थान मोबाइल फोनसहित पक्राउ गरिएको हो।

यस घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।