
काठमाडौं– प्रतिनिधि सभाका सांसद तथा पूर्वमन्त्रीले कर्मचारीले असहयोग गरेको गुनासो सुनाएपछि प्रधानमन्त्री बालेन शाहले सहयोग गरेको खण्डमा तह लगाउने आश्वासन दिएका छन्।
सुदूरपश्चिम प्रदेशका सांसदसँगको छलफलका क्रममा एमालेबाट निर्वाचित गणेश ठगुन्नाको यस्तो गुनासोमा प्रधानमन्त्री बालेनले त्यस्तो उत्तर दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा भएको छलफलमा सुदूरपश्चिमबाट प्रत्यक्ष निर्वाचित १६ मध्ये १३ जना सांसद सहभागी थिए।
एमाले सांसद ऐन महरका अनुसार बैठक गरेर प्रधानमन्त्री शाहले सांसदलाई आफ्नो कुरा राख्न भनेका थिए।
महरका अनुसार सांसदको कुरा सुनेपछि प्रधानमन्त्री शाहले आफैँ धेरै कुरा जान्न बुझ्न पाइन्छ भनेर सांसदसँग छलफल सुरु गरेको बताएका थिए।
कांग्रेस सांसद भरतबहादुर खड्काले सुदूरपश्चिको विकासका लागि आफूले ८ बुँदे सुझाव दिएको बताए।