हर्कको तर्कः गृहमन्त्रीले जीबी राई पक्रेर ल्याऊ, सभापति दोषी कि निर्दोष छुट्याऊ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निरन्तर सरकारमाथि प्रश्न उठाउने क्रम जारी राखेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मंगलबार पनि एजेन्डा नबिर्सन खबरदारी गरेका छन्।

उनले लेखेका छन्,‘यो सरकार र गृहमन्त्रीले अरुतिर हेर्दा गर्दा जीबी राईलाई पक्रेर ल्याएर ठगीको आरोपमा जेल भुक्तान गरिआएका आफ्नो पार्टीका सभापति निर्दोष हुन् कि दोषी हुन भन्ने कुरा टुङ्गो लगाइदिनुपर्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एजेन्डा नबिर्सन खबरदारी गर्दै उनी अगाडि लेख्छन्,‘अब सहकारी पीडितलाई पैसा बाँड्ने दिन आउन धेरै बाँकी छैन है। डु नत फर्गेट योर एजेन्डा।’